काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारी सुरु गरेको छ ।
१५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिसाँग सम्बन्धीत आफ्नो राय–सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना रायरसुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
नेपाल राष्ट्र बैंक ऐनले राष्ट्र बैंकलाई आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने अधिकार दिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar