नवलपरासी– नवलपरासीको रामग्राम नगरपालिका १४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
आफ्ना भारतीय प्रेमीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान अब्दुल नसिम खाँको बिहीबार राति मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान छिमेकीको खेतमा माटोले आधा पुरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको र उनीहरू दुई वर्षदेखि सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।
निरन्तर सम्पर्कमा रहेका उनीहरुको क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको छ । हत्यापछि
उनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन समेत दिएकी थिइन् ।
हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन। फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar