काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय राखि संसदमा सो सम्बन्धि नयाँ विधेयक सरकारले पेश नगरेसम्म सदन चल्न नदिने बताएका छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले असंवैधानिक ढंगले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण गरेकाले आफूहरुले त्यसलाई स्विकार गरेर अघि बढन सक्ने अवस्था नरहेको बताए ।
उनले विदेशी प्रभुहरुलाई रिझाउनका लागि विधेयकहरु प्रमाणिकरण गर्ने काम गरिएको भन्दै आपत्ति समेत जनाए ।
प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीहरुलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने समेत बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar