काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई विश्वकप छनोटको अभ्यास खेल्न दक्षिण अफ्रिका पठाउने भएको हो ।
पेशी तोकिएको २१ दिनभित्र अदालतमा अनिवार्य उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप दक्षिण अफ्रिका जान पाएका थिएनन् ।
सन्दीपका वकिलहरूले अर्को पेशी डेढ महिना पछाडि सार्न दिएको निवेदनलाई अदालतले स्वीकृत गरेपछि उनी दक्षिण अफ्रिका जान पाउने भएका हुन् ।
सन्दीपले अब दक्षिण अफ्रिकामा हुने चारवटा अभ्यास म्याच र जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्न पाउने भएका हुन् ।
नेपाल क्रिकेट संघले सन्दीपलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिएको बताएको छ ।
यसअघि गत मङ्गलवार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar