काठमाडौ- सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको खोजी गर्न थप गोताखोर सिन्धुली प्रस्थान गरेका छन् ।
आज सशस्त्र प्रहरी बलले कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट थप गोताखोर सिन्धुली प्रस्थान गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमान्डमा चार जना गोताखोरसहित सात जनाको टोली सिन्धुली प्रस्थान गरेको हो ।
यसअघि काठमाडौंको सिनामंगलस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जनाको गोताखोर टोली खटिएको थियो ।
शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो। जिप खस्दा तीन जना कर्मचारी बेपत्ता छन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar