काठमाडाैं– लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ। श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानकाे कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशन गरेका हुन् ।
चलचित्रले आज काठमाडौं उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगञ्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको एकाउन्न दिन पूरा गरेको हो। चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए ।
“वर्षकै पहिलो एकाउन्न दिन पूरा गर्ने चलचित्र बन्यो। अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो। पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाउनुभयो”, उनले भने। चलचित्रले शुक्रबारसम्म १४ करोड २१ लाख २३ हजार छ सय ७८ रुपैयाँको विशुद्ध (कर कट्टा गरिएको नेट कलेक्सन) व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ ।
‘कबड्डी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन बताए। “महिला आँटिला र साहासिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानविना बस्दैनन्”, निर्देशक सुब्बाले भने।
महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रहसमेत गरे। “लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ। त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ”, निर्देशक सुब्बाले भने ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar