• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१७ घण्टा अघि
२

किम्फ चलचित्र महोत्सव जेठमा

१७ घण्टा अघि
३

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

१७ घण्टा अघि
४

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि
५

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

१ दिन अघि
६

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

१ दिन अघि
७

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

१ दिन अघि
८

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

१ दिन अघि
९

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

१ दिन अघि
१०

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

१ दिन अघि
११

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

१ दिन अघि
१२

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • काँकडभिट्टामा भारु सटहीमा किन सकस ?

    न्युज डेस्कप्रकाशित मिति: २०८० जेष्ठ २०, शनिबार (१ साल अघि)
  • २६० पाठक संख्या
  • inbound1100202955

    झापा- जिल्लाको काँकडभिट्टा नाकामा भारतीय नोट सटहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिएको हो।

    एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो। त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ। यातायात र पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन्।

    काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी चेन्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। भारु एक लाख सटही गर्दा चार हजार रुपैयाँ कमिसन दिनुपरेको उनले बताए।

    काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा दिँदै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँस्न शुरु भइसकेको उनले जानकारी दिए। स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ।

    काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायत सीमा बजारमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ। नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन्।

    भारतबाट लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिकमन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी चेन्जर व्यवसायी बताउँछन्।

    बजारमा भारु नोट छ्याप्छ्याप्ती भएको जनाउँदै सटहीका लागि व्यवसायीसँग पर्याप्त नेपाली रुपैयाँ नभएको मेची मनी चेन्जर व्यवसायी संघका अध्यक्ष विष्णु मैनालीले बताए।

    ‘भारु सटही हुन छाडेको भन्ने हल्ला मैले पनि सुनेको छु। तथापि, सटही नै बन्द भएको वा भारु चल्नै छाडेको भन्ने कुरा सत्य होइन,’ मैनालीले भने, ‘बोर्डरमा जोसँग पनि भारु नोट हुन्छ। नेपालमा व्यवसाय मन्दीका कारण ठप्पजस्तै छ। यस्तो बेला भारु किन्न आउने कोही छैनन्। भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको मात्र हो।’

    काँकडभिट्टामा ३२ वटा अनुमतिप्राप्त मनी चेन्जर छन्। नेपाल राष्ट्र बैंकले तोकेको सटही दरभन्दा तलमाथि गरेर कसैले पनि कारोबार गर्न नहुने उनले बताए। आर्थिकमन्दीका कारण मनी चेन्जर व्यवसाय संकटबाट गुज्रिरहेको र कतिपय व्यवसायी पलायनको अवस्थामा पुगिसकेको मैनालीले बताए।

    भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगारी गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन्। भारतको सिलगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन्।

    मेघालयबाट फर्केका दैलेख दुल्लुका किसनकुमार शाहीले एउटा होटलको सहयोगमा प्रतिहजार ४० रुपैयाँका दरले ‘बट्टा’ दिएर मनी चेन्जरबाट मुस्किलले भारु सटही गरेको बताए।

    भारतका आसाम, पश्चिम बंगाल, सिक्किम र विहारबाट झापाको आँखा अस्पतालमा ठूलो संख्यामा आउने भारतीयले उपचार खर्च भारुमै दिँदै आएका छन्। काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत पनि ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

  • अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति


  • समाचार
  • १

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    १७ घण्टा अघि

  • २

    किम्फ चलचित्र महोत्सव जेठमा
    १७ घण्टा अघि

  • ३

    अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने
    १७ घण्टा अघि

  • ४

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    १ दिन अघि

  • ५

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    १ दिन अघि

  • ६

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    १ दिन अघि

  • ७

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    १ दिन अघि

  • ८

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    १ दिन अघि

  • ९

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    १ दिन अघि

  • १०

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ५ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution