काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ’लु’ लाग्न सक्ने चेतावनी जारी गरेको छ ।
महाशाखाले आज दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आउँदो पाँच दिन ’लु’ लाग्न सक्ने चेतावनी दिएको हो ।
पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकासहितका ठाउँको तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।
पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको उनको भनाइ छ । काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुरलगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।
तातो हावा तथा ’लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ ।
’लु’ तथा गर्मीको समस्याबाट बच्न यो समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar