काठमाडौं–सिन्धुलीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ ।
स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए ।
उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी आज बिहान नदीमा खसेको हो ।
गाडीमा ४ जना सवार थिए । चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar