काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका(१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरी छन् । उनको साथबाट ८ हजार ७ सय अमेरिकी डलर बरामद भएको छ ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैङ्लोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar