काठमाडौं– अंशबण्डाको विषयमा विवाद हुँदा इलाममा एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् ।
आफ्नै बुबा ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
दीपकले जेठ ८ गते कुटपिट गर्दा गम्भीर घाइते भएका लोकबहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दीपकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar