काठमाडौं – गोल्छा गु्रपद्वारा ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको आवेदन खुलेको घोषणा गरेको छ । यो बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।
ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो । जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो जसले किशोर किशोरीको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्ने गर्छ ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका आठ किशोर किशोरिलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । अन्य दक्षिण एसियाली देशहरूमा आफनो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar