२०८१ बैशाख १३, बिहिबार
काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ । राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।
यस्तै २०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था नयाँ ऐनमा छ ।
यसैगरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले पनि नेपाली नागरिकता लिने बेला निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नेपालको नागरिकता पाउनेछ ।
नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ (अरि ६)
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar