काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाएका छन् ।
बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल हुने बताइएको छ । एमालेले आगामी असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।
मंसिरमा भएको संसदिय निर्वाचन र हालै भएको उपनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि एमाले अहिले संगठन विस्तार एवं सुदृढिकरण अभियानमा केन्द्रित छ ।
आजको बैठकले राष्ट्रपतिबाट हालै प्रमाणित नागरिकता विधेयक, रेशम चौधरीको रिहाई लगायतको निर्णयबारे पार्टीको आधिकारिक धारणा बनाउन सक्ने बताईएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar