काठमाडौं – सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दायर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा बिहीबार (आज) रिट पेश दायर भएको हो ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले आज नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणविरुद्ध रिट पेस गरेका हुन् । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको सर्वोच्च परिसरले जनाएको छ ।
उक्त रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानून संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।
राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग गरिएको वरिष्ठ अधिवक्ता भण्डारीले जानकारी दिए । नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश माग गरिएको उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar