काठमाडाैं – बलिउड अभिनेत्री कंगना रनावतले सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोरको भिडियो शेयर गर्दै संसारलाई मानिसबाट बचाउन अनुरोध गरेकी छन् ।
विश्वको सर्वोच्च शिखर क्षेत्रमा मानिसका कारण फोहोर जम्मा हुनु निकै दुःखदायी रहेको उनले बताएकी छन् । आफूलाई भगवानको प्रिय सम्झने मानिसले अब यसको वास्तविकता जाँच गर्न आवश्यक देखिएको पनि उनको भनाइ छ ।
सगरमाथा क्षेत्रमा फोहोरको थुप्रो लागेको भिडियो देखाउँदै उनले भनेकी छन् ‘यो दृश्य हेर्नुस्, तपाईंलाई महसुस हुन्छ कि भगवानका लागि मानिसहरू खासमा सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिसहरू जहाँ जान्छन्, त्यहाँ आफ्नो दुर्गन्ध र फोहोरको पदचिह्न छाड्छन् । कृपया संसारलाई मानिसबाट बचाउनुहोस् ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar