काठमाडौं– भुटानी शरणार्थी सम्बद्ध सामुदायिक संस्थाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरूका नेता टेकनाथ रिजाललाई नियोजितरूपमा फसाएको दाबी गरेका छन् ।
भुटनीज कम्युनिटी अफ सेन्ट्रल ओहायो अमेरिका, भुटनीज वेलफेयर एसोसियसन युके लगायतले संयुक्त विज्ञप्ति निकालेर रिजालको पक्राउ अविश्वसनीय र सन्दिग्ध रहेको बताएका हुन् ।
विज्ञप्तिमा रिजाललाई नक्कली भुटानी शरणार्थी बनाउने गैरकानुनी गिरोहमा संलग्न अपराधमा तानिएकोमा आपत्ति जनाउँदै यस्तो कामले नेपालको छविलाई ध्वस्त पारेको उल्लेख छ । उनीहरूले रिजालको पक्राउबाट आफूहरूको समस्याको समाधान खोजिरहेका वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई पनि गम्भीर असर पारेको बताएका छन् ।
रिजालको पक्राउ सबै दोषहरू उहाँमाथि थोपरेर र शक्तिशाली व्यक्तिहरूलाई बचाउने प्रपञ्च रहेको आरोप लगाउँदै उनीहरूले रिजालमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भुटानी शरणार्थी बनाएको अपराधको आरोप लगाउनु निन्दनीय रहेको बताएका छन् ।
नेपाल सरकारको दयामा बाँचिरहेका रिजाललाई अहिले सबैभन्दा बढी सहयोगको आवश्यकता रहेको भुटानी शरणार्थी सम्बद्ध सामुदायिक संस्थाहरूको भनाइ छ । उनीहरूले रिजालको तत्कालै रिहाइको माग पनि गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar