काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति भएको दुर्व्यवहारको भर्त्सना गरेको छ ।
आज नेकपा एसले एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालमाथि केही पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गरेको भन्दै भर्त्सना गरेको हो ।
‘हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले होहल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ।’ विज्ञप्तिमा भनिएको छ ।
झलनाथ खनाल सहभागी कार्यक्रममा राजावादी युवाहरूले उनीविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले नाराबाजी गर्ने ९ जनालाई हिरासतमा लिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar