काठमाडौं– सरकारले उखु किसानको भुक्तानी समस्या समाधान गर्न सचिव नेतृत्वमा एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहने छन् ।
लामो समयदेखिको उखुको भुक्तानी नपाएको भन्दै कपिलवस्तु र कञ्चनपुरका किसान दुई सातादेखि काठमाडौंमा आन्दोलनरत छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar