काठमाडौं – आईसीसी विश्वकप क्रिकेट छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।
रोहित पौडेलको कप्तानीमा टोली गएराति दक्षिण अफ्रिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यो टोलीमा सन्दीप लामिछाने भने गएका छैनन् ।
नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ । जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । आउँदो जुन १८ तारिखमा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar