२०८१ बैशाख ८, शनिबार
काठमाडौं – संगीतकार योगेन्द्र उपाध्यायलाई वर्षकै सर्वोत्कृष्ट संगीत निर्देशकको अवार्ड प्रदान गरिएको छ ।
राजधानीमा सम्पन्न तेस्रो ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ मा योगेन्द्रले ‘अन्धकार’ बोलको गीतबाट सर्वोत्कृष्ट संगीत निर्देशकको अवार्ड हात पारेका हुन् । समारोहमा योगेन्द्रलाई अग्रज नृत्य निर्देशक कमल राई र छायांकार शिव ढकालले सर्वोत्कृष्टताको अवार्ड हस्तान्तरण गरे ।
विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न समारोहमा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो । यस्तै, अभिनेत्री विपना थापालाई ‘युग नायिका’ सम्मान अर्पण गरिएको कार्यक्रममा शैलेन्द्र खनालले ‘वीर’ बोलको गीतबाट सर्वोत्कृष्ट गीतकार, सुवानी मोक्तानले ‘समय’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिका, सञ्जय किशोरले ‘धेरै भो’ बोलको गीतबाट सर्वोत्कृष्ट गायक, बिना श्रेष्ठले ‘उनी बोल्दिनन् अचेल’ बोलको गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निबर्देशक (महिला) र ‘जुम्ला’ बोलको गीतको भिडियोले सर्वोत्कृष्ट भिडियोको अवार्ड प्राप्त गरे ।
कुल ५८ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको समारोहमा संगीतकार राजेन्द्र बजगाई, मोडल सञ्चिता शाही, मेकअप आर्टिसट ऋतु रानालगायत निर्णायक रहेका थिए । योगेन्द्र राष्ट्रिय लोक सांस्कृतिक संघका महासचिवसमेत हुन् । उनले यसअघि पनि सर्वोत्कृष्ट संगीतका लागि थुप्रै अवार्ड प्राप्त गरिसकेको बताए । उनले जिनियस म्युजिक अवार्ड २०७६, क्वालिटी म्युजिक अवार्ड २०७९, इमेज अवार्डलगायतका अवार्ड प्राप्त गरिसकेको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर गरेका योगेन्द्र संगीतको गहिरो ज्ञान भएका संगीतकारका रुपमा परिचित छन् । उनले सगरमाथा म्यजिक अवार्ड २०७९, नीम अवार्ड २०२३ लगायतका अवार्डमा निर्णायकका रुपमा समेत काम गरिसकेको जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar