महोत्तरी – मंगलवार महोत्तरीमा भएको एनएमबी बैंक लुटपाट घटनामा ३८ लाखभन्दा बढी रकम लुटिएको खुलेको छ ।
नकाब लगाएर हतियारसहित आएको चारजनाको समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरेको प्रहरीले जनाएको हो। मंगलबार अपराह्न करिब साढे १२ बजेको समयमा बैंक प्रवेश गरेको उक्त समूहले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिई ३८ लाखभन्दा बढी रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तैदेखी अनुसन्धान तथा लुटेराहरूको खोजीकार्य भइरहेको एसपी प्रकाश मल्लले जानकारी दिए। उनले प्राप्त सिसिटिभी फुटेज अध्ययन भइरहेको र लुटेराहरू भाग्न सक्ने रुटसमेतको व्यापक खोजतलास भइरहेको बताए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar