काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छन् ।
आज अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने?’ उनले भने ।
नयाँ संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएकोप्रति ओलीले सरकारको ध्यानाकर्षण गराएका छन ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar