काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेको छ ।
हिजो स्थिर रहेको सुनको मूल्य आज दुई हजार चार सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ बढ्दै १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar