काठमाडौं– ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई क्यासब्याक दिने भएको हो ।
सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक जित्न सक्ने छन् ।
क्यासब्याकको रकम विजेतालाई वालेट मा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ ।
केही समय यता आइएमई पे र एम बैंक बीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar