काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जानकारी गराा हुन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताए । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको बताए ।
भारत भ्रमणमा व्यापार, पारवहन, लगानी प्रवर्धन, ऊर्जामा व्यापार, तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीले जानकारी दिए ।
उनले नेपालका विभिन्न जलविद्युत् उत्पादन हुने नदीमा देशको हित सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि प्रसारण लाइन लगायतका संरचना निर्माण गर्ने, बिजुली निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय आफ्नो प्राथमिकताको विषय रहने बताए ।
प्रधानमन्त्री प्रचण्डले भारतको भूमि हुँदै बङ्गलादेशसम्म बिजुली निर्यातको विषयमा यो पटक प्रभावकारीरूपमा कुराकानी गर्ने र पञ्चेश्वर परियोजनाको डीपीआर टुङ्गोमा लैजानका लागि छलफल हुने बताए । उनले भ्रमणमा सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्ने गरी छलफल हुने पनि उल्लेख गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar