काठमाडौं– सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।
उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए । यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar