काठमाडौं– आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट वाचन गर्न सुरु गरेका छन् ।
सरकारले साढे छ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।
आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar