काठमाडौं– मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
छायाँनाथ रारा नगरपालिका–१४ बाम भन्ने स्थानमा आइतबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाँदै गरेको ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा ३० वर्षीय चालक काशिलाल बडुवाल र २० वर्षीय सहचालक शिव बडुवाल रहेका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar