काठमाडौं– कोशी प्रदेशमा जारी आन्दोलनकारीसँग वार्ता गर्न सांसदहरूले माग गरेका छन् ।
प्रदेशको प्रदेशसभा वैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरूले शून्य समयमा बोल्ने क्रममा आन्दोलनलाई बेवास्ता नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘हामी बैठकमा बसिरहँदा बाहिर अश्रुग्यास र पानीका फोहरा हानिएको छ,’ कांग्रेस सांसद शमशेर राईले भने, ‘सरकारले यसै गरी बेवास्ता गर्ने हो भने आन्दोलन सडकमा मात्र होइन, सदनमा पनि हुनेछ।’
सरकारले तत्काल वार्ता गरेर समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद कमलप्रसाद जबेगुले आफूहरू जेलमा बसेजस्तो भएको भन्दै समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन् ।
कांग्रेसका सांसद खगेनसिंह हाङ्माङले कोशी प्रदेश नामकरण पछि सडक र सरकारी निकाय अस्तव्यस्त बनेको भन्दै समस्याको समाधान गर्न माग गरे ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar