काठमाडौं– बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ ।
हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई शनिबार नियन्त्रणमा लिएको हो । पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।
बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जनाएका छन् ।
कुर्मीले जिल्ला हुलका बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए । पक्राउ परेका कुर्मीलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar