काठमाडौं–सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शनिबार देखि सुरू भएको छ । प्रदेश प्रमुख देवराज जोशीले शनिबार बजेट अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख जोशीले शनिबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले शनिबारका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। प्रदेश प्रमुख कार्यालयका अनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।
बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेवल गरिएको छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजित बजेट २०८० मा समावेश हुने सुदूरपश्चिम प्रदेश सरकारको बजेट तथा कार्यक्रमको सिद्धान्त र आयोजना, प्राथमिकताको विवरण आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
बैठकको शून्यमा समयमा बोल्ने सासंदहरूले सुदूरपश्चिम सरकारलाई बहुआयामिक समस्याले घेरेकाले सुधार गर्न सल्लाह दिएका थिए। अर्काे बैठक आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar