काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ । आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक गरेको हो ।
गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको यो पहिलो विदेश भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री दाहालले जेठ १८ गते नरेन्द्र मोदी र प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् । त्यसपछि दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयले जनाएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar