काठमाडौं– तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ ।
शुक्रबारको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए । संसद् सुचारु गराउन ठुला तीन दलका नेताहरुबीच भएको छलफलमा यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।
तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar