काठमाडौं– सप्तरीमा करेन्ट लागेर एक जना विद्यार्थीको विद्यालयमै ज्यान गएको छ । राजविराजको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत तेसलान्नद यादवको ज्यान गएको हो ।
विद्यालयमा आयोजित क्रिकेट प्रतियोगितामा साउन्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर राजगढ गाउँपालिका–१ झुटकीका यादवको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकका आफन्त तथा विद्यार्थीहरूले विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
मृतकका आफन्त तथा विद्यार्थीहरूले गजेन्द्रनारायण सिंह अस्पताल तथा स्कुल अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar