काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए ।
त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए । गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए ।
यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ’पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए ।
त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुनः उठेका छन् । एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन् । सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजीसमेत गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar