काठमाडौं– आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक÷ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एक÷दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन । धेरैजसो ठाउँमा घाम लागेको छ ।
तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar