काठमाडौं– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । प्रहरीले शुद्धोधन गाउँपालिका–४ फर्साटिकरका २८ वर्षीय पवन थारुको पराजुली ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar