काठमाडौं– सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा. विमला राई पौड्यालले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि सांसदले राखेका जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar