काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन् । आज राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनी सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् । यस्तै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् । उनी राष्ट्रिय सभाकी सांसद हुन् । शिक्षा मन्त्रीमा जनता समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष अशोक राई छन् ।
योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar