काठमाडौं– पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
गएराति ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएको हो । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुका १७ वर्षीय सङ्गम बानियाँ घाइते भएका छन् । उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar