काठमाडौं– आज, भोलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका एक÷दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । अन्य प्रदेशमा पनि वर्षाको सम्भावना छ । आज तराईका केही जिल्लामा पनि पानी पर्ने मौसमविद् झाले जानकारी दिए ।
पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र तराईमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । दिउँसोको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसमविद् झाले बताए । उनका अनुसार अहिले प्रि–मनसुन सक्रिय भएको छ ।
यस्तै, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव समेत रहेको छ । भोलि र पर्सिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar