२०८० जेष्ठ १६, मंगलबार
काठमाडौं– एनएससी काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि नेपालमा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा मध्य एसिया आठ वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक नेपालले उद्घाटन खेलमा आज किर्गिस्तानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्ड हलमा दिउँसो साढे ४ बजे हुने छ । बिहान साढे ९ बजे भएको उज्वेकिस्तान र श्रीलङ्काबीच भएको खेलमा उज्वेकिस्तान विजयी भएका छन् । माल्दिभ्स र काजकिस्तानबीचको खेल बेलुका ७ बजे हुनेछ ।
प्रतियोगितामा नेपालले भोलि मङ्गलवार बङ्गलादेशसँग र पर्सि बुधवार १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ’ए’ मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह ’बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।
नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनशिपको आयोजना गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar