काठमाडौं– बझाङको सुर्मा गाउँपालिका–२ स्थित धानसेरीमा हिम पहिरोमा परेर बेपत्ता भएका तीन जना मध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् ।
सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीको शव फेला परेको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात रहेको छ । हिउँ पहिरोमा परी सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबाजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामी घाइते भएका छन् ।
यार्सा टिप्न गएका उनीहरु गत आइतबार हिमपहिरोमा पुरिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar