काठमाडौं– बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाडौं ल्याएको छ ।
हिजो शनिवार जनकपुरमा रोकिएको जहाजको ट्र्यापमा आज बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ ।
मुसा निकालेपछि जहाजलाई सम्पूर्ण जाँच गरी दुई÷तीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको कम्पनीले जनाएको छ । आज दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टोलीले जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।
बुद्ध एअरलाइन्सले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी बन्द गर्न पनि आग्रह गरेको छ । हिजो काठमाडौं उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि त्यो जहाजलाई जनकपुरमै ग्राउन्डेड गरेर अर्को जहाजले यात्रु काठमाडौं ल्याएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar