काठमाडौं– काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका–२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar