काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले आज राहदानी विभागको अनुगमन गरेका छन् । सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउद विभागको अनुगमनमा पुगेका हुन् ।
मन्त्री भएपछि साउदले पहिलोपटक राहदानी विभागको अनुगमन गरेको उनको निजी सचिवालयले जनाएको छ । यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि विभागको अनुगमन गरेका थिए ।
मन्त्री साउदले अनुगमनका क्रममा कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar