काठमाडौं– प्रतिनिधि सभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति शुक्रवार संघीय संसदमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रममाथि यही ११ गतेसम्म छलफल हुनेछ ।
छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्नेछ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओलीले गएको बिहीवार नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएकोमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका कारण स्थगित गरिएको थियो ।
एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशलाई निर्देश गर्ने खालको नभएको भन्दै पारित हुन नदिने जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar