काठमाडौं– नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।
अन्तिम चरणका बहसका लागि पटक–पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाको किनारा लाग्न सकेको छैन ।
सर्वोच्च अदालतले गत फागुन १५ फागुन नै शीघ्र सुनुवाइ गरी मुद्दाको किनारा लगाउन जिल्ला अदालतलाई आदेश गरे पनि बारम्बार पेशी तोक्ने र सुनुवाइ स्थगित हुने भईरहेको छ ।
आज लामिछानेका वकिल सरोज घिमिरेले वहस गर्ने पालो छ । पछिल्लो पटक गत १९ वैशाखमा भएको सुनुवाइमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बहस गरेपछि मुद्दालाई हेर्दाहेर्दैमा राख्नु पर्नेमा न्यायाधीशले हेर्न नभ्याईनेमा राखेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar