काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
त्यस्तै दशरथ रंगशालामा हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् ।
च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar